बिहीबार, भदौ ११, २०८३

सुदूरपश्चिममा थपिए ९२ जना कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेशमा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४२६ जनाको कोरोना परीक्षण भएकोमा ३६ जनामा संक्रमण देखिएको छ ।

कैलालीका ३४ र अछामका दुई जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका १४ महिला र १६ पुरुष गरी ३० जना र गोदावरी नगरपालिकाका चार पुरुष छन् ।

उनका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ३, ४ र ११ का एक–एक जना, १२ का ११ जना, १३ का दुई जना, १४ का ५ जना, १८ का ६ जना र वडा नम्वर १९ का तीन जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, अछामको बान्नीगढी जयगढका एक महिला र एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

उता, डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा पाँच सय २९ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले बताए ।

भुषालका अनुसार डोटीको शिखर नगरपालिकाका १३, केआईसिंह नगरपालिकाका दुई र जोरायल गाउँपालिकाका एक जना, अछामको साँफेवगर नगरपालिकाका २५, पञ्चदेवल विनायक नगरपालिकाका १०, मेल्लेख गाउँपालिकाका एक जना, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका दुई र बैतडीको सिगास गाउँपालिकाका दुई जनामा कोरोना पुष्टि भएको भुषालले बताए ।

प्रकाशित: Aug 21, 2020| 15:56 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।