कैलाली– सशस्त्र प्रहरीले कैलालीको विभिन्न क्षेत्रबाट भन्सार छली गरेर ल्याउँदै गरेको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वार्टर.कैलाली मातहतका बि.ओ.पि.बाट खटिएको सशस्त्र प्रहरीको टोलीले करिब दुई लाख ७५ हजार बराबरको भन्सार छली गरेर ल्याउँदै गरेको सामान बरामद गरेको हो ।
कैलालीको भजनी नगरपालिका–७, हिम्मतपुर, कैलारी गाउँपालिका–३, भितरिया घाटबाट सुर्तिजन्य पदार्थ, प्लाष्टिकका डोरी, मोविल लगायतको सामग्री बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र बस्नेतले बताए ।
