बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमित दुई वृद्धको मृत्यु

सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमित दुई वृद्धको मृत्यु

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

काठमाडौं– काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौैं र सप्तरीका १–१ जना छन्।

काठमाडौंका ७६ वर्षीय पुरुषको हिजो साँझ ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी प्रहरी उपरीक्षक डा. प्रविण नेपालले जनाकारी दिए।

उनी ६ दिनदेखि होम आइसोलेसनमा थिए। स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएकोमा अस्पतालमा पुगेको एक घण्टामा नै मृत्यु भएको थियो।

त्यस्तै, सप्तरी राजविराजका ७७ वर्षीय वृद्धको आज बिहान १० बजे सोही अस्पतालमा मृत्यु भएको छ । गम्भिर अवस्थामा उनलाई हिजो बिहीबार साँझ अस्पताल ल्याइएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि राजविराजबाट साउन ३० गते उनलाई काठमाडौं ल्याइएकोमा ३२ गते कोरोना पुष्टि भएको थियो।

प्रकाशित: Aug 21, 2020| 13:38 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।