भैरहवा- सामाजिक क्षेत्रमा सक्रिय लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले महिला सदस्यलाई घरमै पुगेर तीजको उपहार प्रदान गरेको छ।
क्लबका अध्यक्ष शिवनाथ गुप्ता सहितको टोलीले महिला सदस्यहरुको घरघरमै पुगेर मिठाई तथा उपहार प्रदान गरेको ग्रिनसिटीका सचिव भिम थापाले बताए।
थापाले भने, 'कोभिड-१९ का कारण विगत सालझैँ यस वर्ष हर्षोल्लासका साथ तीज मनाउन नपाए पनि परम्परागत रूपमा चलिआएको धर्म र संस्कृतिलाई आत्मसात् गर्दै आफू र आफ्नो परिवार र समाजलाई कोरोना भाइरसबाट होसियार भई तीज मनाउने गरी ग्रिनसिटीमा आवबद्ध दिदीबहिनीलाई तीजको उपहार प्रदान गरेका हौं।'
कोरोना संक्रमणको त्रासका कारण रुपन्देहीमा स्थानीय सरकार र प्रशासनले निषेधाज्ञा जारी गरेका छन्। यसका कारण तीज पनि प्रभावित भएको छ।
