बिहीबार, भदौ ११, २०८३

‘आमा यो वर्ष आउन पाइनँ, आगौं के हुन्छ कुन्नि!’

‘मेरो माइती स्याङ्जा हो, सधैं दर खानुभन्दा अघिल्लो दिन छोराछोरी लिएर माइत पुग्थें। ७० वर्ष पुगेकी आमा दंग पर्नुहुन्थ्यो,’ पौडेलले भनिन्, ‘यो वर्ष आउन नपाउने भइयो भन्दा नरमाइलो मान्नुभयो। आगौं के हुन्छ कुन्नि?’
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

पोखरा– ‘सोचे झैँ जिन्दगी रै’न छ...’ यसपालिको तीजमा सर्वाधिक चलेको गीत हो यो। हुन पनि यो वर्षको तीज सोचेजस्तो भएको छैन।

सामूहिक नाचगान गरेर, मठमन्दिरमा पूजापाठ गर्दै धुमधामले मनाइने तीज उत्सव कोरोना महामारीका कारण सुनसान छ।

विभिन्न क्षेत्रमा लगाइएको निषेधाज्ञाले छोरीचेली माइतीमा भेला हुन पाएका छैनन्। मठमन्दिरदेखि सार्वजनिक स्थल, चौतारो, स्कुलका प्राङ्गणमा तीज गीत घन्काउँदै नाच्ने वातावरण घरभित्रै सीमित छ।

सरकारले पनि स्वास्थ्यको मापदण्ड पालना गर्दै घरपरिवारका सदस्यबीच मात्रै पर्व मनाउन आग्रह गरेको छ।

पोखरा–८ न्युरोडमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी सन्तु पौडेल बिहे गरेको १८ वर्षमा पहिलो पटक यस वर्षको तीजमा माइती जान नपाएको बताउँछिन्।

‘मेरो माइती स्याङ्जा हो, सधैं दर खानुभन्दा अघिल्लो दिन छोराछोरी लिएर माइत पुग्थें। ७० वर्ष पुगेकी आमा दंग पर्नुहुन्थ्यो,’ पौडेलले भनिन्, ‘यो वर्ष आउन नपाउने भइयो भन्दा नरमाइलो मान्नुभयो। आगौं के हुन्छ कुन्नि?’

लोकगायिका हरिदेवी कोइराला पनि यो वर्षको तीज दिदीबहिनी जमघटविहीन भएको बताउँछिन्। ‘यो वर्ष घरभित्रै आफन्त, इष्टमित्रसँग दूरी कायम गरेर बस्नुपर्ने अवस्था आयो,’ उनले भनिन्, ‘अहिले स्वास्थ्य मापदण्ड पालना गरे फेरि अर्कोपटक छमछम नाच्ने दिन आइहाल्छन्।’ उनले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र कोरोनाविरुद्धको लडाइँमा लाग्न सबैलाई आग्रह पनि गरिन्।

सञ्चारकर्मी एवम् लोकगायिका शान्ति गुरुङले कोरोनाका कारण उत्पन्न असहज परिस्थितिले यस वर्षको तीज निरश भएको बताइन्।

‘बाहिरको अवस्था जे भए पनि घरमा धुमधामले मनाउन सकिन्छ,’ गुरुङ भन्छिन्, ‘असहजतामा सहजता खोजी परिवारबीच नै रमाइलो गर्न सकिन्छ।’ यसपालिको तीज प्रविधिको प्रयोग गरी अर्काबीचको आत्मीयता साटेर मनाउनुपर्ने उनको भनाइ छ।

गायिका कोइरालाका अनुसार तीज दिदीबहिनीले माइतीको काखमा पीडा बिसाएर रमाउने पर्व हो। तर, पछिल्ला वर्षमा तीजको मौलिकता हराउँदै गएकोमा कोइरालाको चित्त दुखाइ छ।

‘महिनौं अघिदेखि मनाउन थालिएको थियो, जुन राम्रो होइन,’ कोइरालाले भनिन्, ‘यो वर्षको महामारीले अर्को वर्षदेखि तीजको मौलिकता फर्किन्छ कि! आशा गरौं।’ कोइरालाले अहिले सुरक्षित हुन सके अर्को वर्ष फेरि मनाउने दिन आउने आशा व्यक्त गरिन्।

गायिका कोइराला छुट्टै गीत र मौलिकता भएको तीजजस्तो अर्को पर्व नभएको बताउँछिन्। ‘रातो लुगा र तीजका भाका यसको मौलिकपन हो,’ उनी भन्छिन्, ‘यसलाई जोगाउँदै परम्परालाई अगाडि बढाउनुपर्छ।’

राससकाे सहयाेगमा 

प्रकाशित: Aug 21, 2020| 13:03 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।