बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि साढे ७ करोड निकासा

स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि साढे ७ करोड निकासा

कोरोनाको उपचार, रोकथाम तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

काठमाडौं– कोरोनाको उपचार, रोकथाम तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ।

मन्त्रालयले ठूला ५ वटा अस्पतालका लागि ७ करोड ५० लाख रुपैयाँ निकासा गरेको हो।

कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पताल, भेरी अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पतालका लागि जोखिम भत्ता निकासा गरिएको हो ।

यसैगरी कर्णाली प्रदेशको चौरजहारी र दैलेख अस्पतालमा ल्याब व्यवस्थापन तथा रिएजेन्ट खरिदका लागि २० लाख रुपैयाँ निकासा गरेको छ।

कान्ति बाल अस्पताललाई १ करोड ५५ लाख ७९ हजार, राष्ट्रिय ट्रमा सेन्टरलाई १ करोड ३५ लाख ५०५, भरतपुर अस्पताललाई २ करोड ३३ लाख ६७ हजार, भेरी अस्पताललाई १ करोड ६८ लाख र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५७ लाख ४२ हजार रुपैयाँ बजेट निकासा भएको गरेको छ ।

 

प्रकाशित: Aug 21, 2020| 12:40 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।