बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जुम्लामा ९ जनाको कन्ट्याक्ट ट्रेसिङमा ५१ संक्रमित भेटिए

जुम्लामा ९ जनाको कन्ट्याक्ट ट्रेसिङमा ५१ संक्रमित भेटिए

जुम्ला र कालिकोटमा आज शुक्रबार ५६ जना कोरोना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

सुर्खेत- जुम्ला र कालिकोटमा आज शुक्रबार ५६ जना कोरोना संक्रमित थपिएका छन्।

संक्रमितमध्ये जुम्लाको हिमा गाउँपालिकाका ५१ र कालिकोटको तिलागुफा नगरपालिकाका पाँच जना छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी टेकबहादुर रोकायाले जानकारी दिए।

संक्रमित सबै समुदायस्तरका हुन्। हिमा गाउँपालिकामा केही दिनअघि ९ जना कोरोना संक्रमित भएका थिए। उनीहरुको सम्पर्कमा आएका मध्ये ५१ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै कालिकोटको नाग्मका व्यापार व्यवसायीहरुमा परीक्षण गर्दा पाँच जनामा संक्रमण देखिएको हो। समुदायस्तरमा कोरोना संक्रमित भेटिन थालेपछि जुम्लामा हप्ता दिनदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी छ।

प्रकाशित: Aug 21, 2020| 12:27 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।