बिहीबार, भदौ ११, २०८३

दुबईमा अलपत्र नेपाली ल्याउन सरकारले दियो अनुमति

चौतर्फी विरोधपछि अन्ततः सरकारले दुबईको विमानस्थलमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन अनुमति दिएको छ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

काठमाडौं– चौतर्फी विरोधपछि अन्ततः सरकारले दुबईको विमानस्थलमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन अनुमति दिएको छ।

उनीहरुलाई ल्याउन गत मंगलबार दुबई पुगेको नेपाल एयरलाइन्सको विमान सीसीएमसीले उद्धार उडान गरेर ल्याउन नदिएपछि खाली फर्किएको थियो।

विमान खाली फर्किएपछि सरकारको चौतर्फी विरोध भएको थियो। विमानस्थलमा रहेका नेपालीलाई ल्याउन सरकारले अनुमति दिएको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेर नेपालीलाई स्वदेश ल्याउन अनुमति दिएको पत्र निगममा पुगेको खड्काले जानकारी दिइन्। दुबईमा अलपत्र २६२ जनालाई आइतबार नेपाल ल्याउने तयारी भएको उनले बताइन्।

स्वदेश फर्किन एयरपोर्टसम्म आइसकेका यात्रु फर्किन नपाएपछि विचल्लीमा परेका छन्। सोही दिन टर्किस एयरलाइन्सले भने २०१ यात्रु लिएर नेपाल आएको थियो।

विमान खाली फर्किएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र सीसीएमसीका संयोजकसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलबीच मन्त्रिपरिषद् बैठकमा विवादसमेत भएको थियो।

प्रकाशित: Aug 21, 2020| 12:02 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।