बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाटन अस्पतालमा आज एकै दिनमा दुई जनाको मृत्यु, मृतकको संख्या १३२ पुग्यो

पाटन अस्पतालमा आज एकै दिनमा दुई जनाको मृत्यु, मृतकको संख्या १३२ पुग्यो

ललितपुरको पाटन अस्पतालमा आज एकै दिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दोलखाकी ३० वर्षीय महिला र सर्लाहीका ४६ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

काठमाडौं- ललितपुरको पाटन अस्पतालमा आज एकै दिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दोलखाकी ३० वर्षीया महिला र सर्लाहीका ४६ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

दोलखाकी कोरोना संक्रमित महिला भदौ २ गते अस्पताल भर्ना भएकी थिइन् भने सर्लाहीका पुरुष साउन ३१ गते भर्ना भएका थिए । दुवैको आइसीयूमा उपचार हुँदै आएको थियो ।

योसँगै पछिल्लो १२ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । यसअघि सोमबार राति मोरङको विराटनगर, पर्साको वीरगन्ज, चितवनको भरतपुर र रुपन्देहीको बुटवलमा एक/एक जनाको मृत्यु भएको थियो ।

थप ६ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३२ पुगेको छ ।

प्रकाशित: Aug 21, 2020| 11:03 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।