बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य मापदण्डका नियमहरु पालना गर्दै तीज मनाउन सभामुखको आग्रह

स्वास्थ्य मापदण्डका नियमहरु पालना गर्दै तीज मनाउन सभामुखको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजको शुभकामना दिँदै स्वास्थ्य मापदण्डका नियमहरु पालना गरेर मनाउन आग्रह गरेका छन्।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजको शुभकामना दिँदै स्वास्थ्य मापदण्डका नियमहरु पालना गरेर मनाउन आग्रह गरेका छन्।

शुक्रबार बिहान शुभकामना सन्देश दिँदै उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विगतमा जसरी यो पर्व मनाउने अवस्था नरहेको बताएका छन्।

“कोरोनाका कारण उत्पन्न महामारी दिनप्रतिदिन विस्तारित र जोखिमपूर्ण भइरहेको हामी सबैलाई विदितै छ,” उनले भनेका छन्, “तसर्थ, स्वास्थ्य मापदण्डका नियमहरु पालना गर्दै सतर्कताका साथ यो पर्व मनाउनु हुन अनुरोध गर्दछु।”

हरितालिका तीजको अवसरमा स्वदेश एवं विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त पनि गरेका छन्।

“सामाजिक सद्भाव र पारिवारिक एकतामा थप मद्दत पुग्ने विश्वास लिएको छु,” उनले भनेका छन्, “यो पर्व सम्पूर्ण दिदीबहिनीको स्वतन्त्र, सुरक्षित र सम्मानपूर्ण जीवन यापन गर्नसक्ने वातावरण बनाउने बहसको अवसर पनि बनोस्।”

प्रकाशित: Aug 21, 2020| 09:26 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।