बुटवल– कोरोना भाइरसको संक्रमणबाट बुटवलमा थप एक पुरुषको मृत्यु भएको छ ।
प्यूठान स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा आज (शुक्रबार) बिहान मृत्यु भएको हो ।
भारतबाट आएर प्युठानको स्थानीय क्वारेटानमा बसेका ती पुरुषमा ज्वारो, खोकी आदी देखिएपछि भदौ १ गते कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उनलाई निमोनिया भएपछि आईसीयूमा राखेर उपचार गर्दै गर्दा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगे पछिल्लो १२ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । पार्साको वीरगन्जमा एक, चितवनको भरतपुर अस्पतालमा एक र रुपेन्देहीको बुटवलमा एक जनाको मृत्यु भएको हो ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २९ पुगेको छ । बिहीबार अपरान्ह नियमित पत्रकार सम्ममेलका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोनाबाट १ सय २६ को मृत्यु भएको जनाएका थिए ।
