बिहीबार, भदौ ११, २०८३

नारायणी अस्पतालमा एक पुरुषको मृत्यु, कोरोनाको आशंका

कोरनासंग मिल्दोजुल्दो लक्षण देखिएका रौतहटका एक पुरूषको उपचारको क्रममा मृत्यु भएको छ ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

पर्सा- कोरनासंग मिल्दोजुल्दो लक्षण देखिएका रौतहटका एक पुरूषको उपचारको क्रममा मृत्यु भएको छ ।

शिवदर्शन सेन्ट्रल अस्पताल रौतहटले थप उपचारका लागि वीरगंज रेफर गरिएको ५५ वर्षिय निजामुदिन अंसारीको उपचारको क्रममा आज (शुक्रबार) बिहान मृत्युु भएको नारायणी अस्पतालले जनाएको छ ।

ज्वरो, रूघाखोकि, झाडापखाला, स्वास्प्रसवासमा समस्या लगायतको सेन्टम उनमा देखिएको अस्पतालका चिकित्सक डा निरज सिंहले बताए ।

अबेर राति अन्तिम अवस्थामा नारायणी अस्पतालको अकास्मिक कक्षमा आएका उनको उपचारको क्रममै विहान मृत्युु भएको हो ।

मृतकमा कोरोना संक्रमण छ या छैन् भन्ने यकिन गर्न स्वाब संकलन गरिएको छ । आज साँझसम्म रिपोर्ट आउने नारायणी अस्पतालको पिसिआर ल्याबले जनाएको छ ।

प्रकाशित: Aug 21, 2020| 08:12 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।