बिहीबार, भदौ ११, २०८३

भारतमा एकैदिन कोरोनाबाट साढे ६८ हजार संक्रमित

सबैभन्दा धेरै संक्रमित महाराष्ट्र राज्यमा थपिएका छन् । जहाँ बिहीबार एकै दिनमा १४ हजार ६ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

काठमाडौं- कोरोना भाइरसबाट भारतमा पछिल्लो २४ घण्टामा ६८ हजार ५ सयभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ।

दिनहुँ ६० हजारभन्दा धेरैमा संक्रमण पुष्टि हुँदै आएको भारतमा बुधबार एकै दिनमा ६९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो । बिहीबार ६८ हजार ५ सय ७ जना संक्रमित थपिएका हुन् ।

सबैभन्दा धेरै संक्रमित महाराष्ट्र राज्यमा थपिएका छन् । जहाँ बिहीबार एकै दिनमा १४ हजार ६ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै आन्द्र प्रदेशमा ९ हजार ३ सय ९३, कर्णटकमा ७ हजार ३ सय ८५, तमिलनाडुमा ५ हजार ९ सय ८६, उत्तर प्रदेशमा ४ हजार ८ सय २४ जना संक्रमित थपिएका छन् ।

यस्तै भारतमा पछिल्लो २४ घण्टामा ९ सय ८१ जनाको कोरोनाबाट मृत्यु भएको छ । जसमध्ये महाराष्ट्रमा ३ सय २६, तमिलनाडुमा १ सय १६, कर्णाटकमा १ सय २, उत्तर प्रदेशमा ९५, आन्द्र प्रदेशमा ९५ जना रहेका छन् ।

भारतमा अहिलेसम्म कोरोनाबाट २७ लाख ८३ हजारभन्दा धेरै संक्रमित भएका छन् भने ५३ हजार ८ सय ६६ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालले जनाएको छ ।

प्रकाशित: Aug 21, 2020| 07:50 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।