बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अछाम बाढी : निरीक्षण र राहतका लागि गृहमन्त्रीको टोली जाँदै

अछाम बाढी : निरीक्षण र राहतका लागि गृहमन्त्रीको टोली जाँदै

गृहमन्त्री रामबहादुर थापासहितको टोली राहत र निरीक्षणका लागि बाढीग्रस्त अछामको रामारोशन जाने भएको छ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

काठमाडौं– गृहमन्त्री रामबहादुर थापासहितको टोली राहत र निरीक्षणका लागि बाढीग्रस्त अछामको रामारोशन जाने भएको छ।

अछाम जिल्लाबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदलगायतको टोली लिएर गृहमन्त्री अहिले बिहान अछाम जान लागेका हुन्।

पूर्व गृहमन्त्री एवम् नेकपा स्थायी कमिटी सदस्य डा. भीम रावल, सांसदहरु तारामान स्वार र शेरबहादुर कुँवरसहितको टोली राहत र निरीक्षणका लागि जान लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिए।

अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले गृहमन्त्रीसहितको टोली बाढी प्रभावित परिवारलाई राहत दिन र निरीक्षणका लागि आउन लागेको जानकारी दिए।

अछामको रामारोशन गाउँपालिका–५ मा बाढीले बगाएर १७ जना बेपत्ता भएका थिए। तीमध्ये अहिलेसम्म ६ जनाको मात्रै शव भेटिएको छ। अझै ११ जना बेपत्ता नै छन्।

मंगलबार राति कैलाश खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका मध्ये ५४ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीया गौरी शाह, ४६ वर्षीया लाल्सरा शाह, २२ वर्षीया बबिता बुढा साउद, ४५ वर्षीय अमर शाह र १२ वर्षीय नवीन शाहको शव भेटिएको हो।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको टोलीले बेपत्ताको खोजी जारी राखेका छन्। बाढीका कारण सैनीबजार पूरै बगरमा परिणत भएको छ भने २२ वटा घर बगेका छन्। बाढीले एउटा पक्की पुल र पाँचवटा झोलुंगे पुलमा पनि क्षति पुर्याएको छ।

मंगलबारको बाढीले कैलाश खोलाको दुईतिरको करिब चार हजार हेक्टर खेतीयोग्य जमिन कटान गरेको गाउँपालिकाले अनुमान गरेको छ।

कैलाश खोलाको आर्यखाँद नजिक माथिबाट बगेर आएको पहिरोले नदी थुनेपछि पानी सैनीबजारतिर पसेर क्षति पुर्याएको हो।

प्रकाशित: Aug 21, 2020| 07:27 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।