पर्सा- पर्सामा बुधबार साँझ थप एक जना कोरोना संक्रमितको मृत्युु भएको छ।
नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचाररत वीरगन्ज महानगरपालिका ५ रेशमकोठीका ७४ वर्षीय साइला तुलाधरको मृत्युु भएको कोभिड अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए।
सुगर तथा फोक्सोका बिरामी रहेका उनी दिउँसो भर्ना भएका थिए। उनको उपचारका क्रममा साँझ मृत्युु भएको डा. सिंहले बताए।
भर्नालगत्तै जिन एक्सपोर्ट विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो।
योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ। यस्तै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२७ पुगेको छ।