बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अन्तर्राष्ट्रिय उडानबारे शुक्रबार निर्णय हुने, आउनेहरू ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने

अन्तर्राष्ट्रिय उडानबारे शुक्रबार निर्णय हुने, आउनेहरू ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने

नियमित अन्तर्राष्ट्रिय उडान र उद्धार उडानबारे पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा लगेको प्रस्ताव शुक्रबार मात्रै टुंगोमा पुग्ने भएको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं– नियमित अन्तर्राष्ट्रिय उडान र उद्धार उडानबारे पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा लगेको प्रस्ताव शुक्रबार मात्रै टुंगोमा पुग्ने भएको छ।

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त विषयको टुंगोमा पुग्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई जिम्मेवारी दिएको हो।

पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल समयसँग भने ‘पर्यटन मन्त्रालयलको प्रस्तावमा केही छलफल भएर टुंगोमा पु¥याउने जिम्मा चार मन्त्रीलाई दिइएको छ।’ मन्त्री भट्टराईका अनुसार कोरोना संक्रमण न्यून भएको देशबाट सिमित मात्रामा नियमित उडान र बाँकी देशबाट चाटर्ड उद्धार उडान गराउने विषयमा प्रारम्भिक छलफल भएको छ।

नियमित अन्तर्राष्ट्रिय उडान र उद्धार उडानको मापदण्ड बनाउन भोलि, शुक्रबार चार मन्त्रीको बैठक बस्नेछ।

हवाई मार्गबाट आउने यात्रु सात दिनसम्म अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने छ।

यसअघि सीसीएमसीको निर्देशन पछि संस्कृति, पर्यटन तथा नागरिक उडड्न मन्त्रालयले उद्धार उडान स्थगित गरेको थियो।

सीसीएमसीले एक्कासी उद्धार उडान स्थगित गरेको भन्दै बैठकमा पर्यटनमन्त्री योगेश भट्टराईले आपत्ति जनाएका थिए।

बिहीबारको मन्त्रिपरिषदको बैठकमा कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका विषयमा नै छलफल भएको थियो।

बैठकमा संक्रमणको जोखिम उच्च हुँदै गइरहेको भन्दै परीक्षणको दायरा तीव्र बनाउनुपर्ने, आइसोलेसन र क्वारेन्टिन कक्षको विस्तार गर्नुपर्ने लगायतका विषयमा पनि मन्त्रीहरुले आफ्नो धारणा राखेका थिए।

प्रकाशित: Aug 20, 2020| 22:34 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।