बिहीबार, भदौ ११, २०८३

पोखरामा एकै परिवारका १३ जनालाई कोरोना संक्रमण

कास्कीको पोखरा महानगरपालिका-५, मालेमाटनका एकै परिवारका १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

पोखरा- कास्कीको पोखरा महानगरपालिका-५, मालेमाटनका एकै परिवारका १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

सहकारीमा काम गर्ने एक महिलालाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको परिवारको सदस्यहरुको कोरोनाको पीसीआर परीक्षण गरिएको थियो।

परीक्षण गर्दा पाँच दाजुभाइ रहेका उनको जेठो दाजुको परिवारका ६ जना, माइलो दाजुको परिवारका चार जना र साइलो दाजुको परिवारका तीन जनामा कोरोना संक्रमण देखिएको पोखरा महानगरपालिका-५ का वडाअध्यक्ष धनबहादुर नेपालीले बताए।

सहकारीमा पैसा संकलन गर्दै आएकी ती महिला ज्वरो आएपछि साउन २२ गते फेवासिटी अस्पतालमा भर्ना भएकी थिइन्।

कोरोना संक्रमणको शंका लागेपछि अस्पतालका चिकित्सकले स्वाब परीक्षण गर्न पठाएका थिए। त्यसको दुई दिनपछि उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो।

कन्ट्याक्ट ट्रेसिङकै क्रममा बिहीबार पनि थप दुई जना संक्रमित थपिएका छन्। उनीहरू सहकारीमा काम गर्ने महिलाका देवरका छोराछोरी रहेको नेपालीले बताए।

उनीहरूलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ भने यसअघि नै संक्रमण देखिएकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सरूवा तथा संक्रामक रोग अस्पताल लेखनाथको आइसोलेसन कक्षमा राखिएको छ।

पोखरा महानगरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २४२ पुगेको छ, जसमा १३१ जना निको भएर घर फर्किसकेका छन्।
संक्रमित भेटिएकामध्ये अधिकांश क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङका क्रममा पत्ता लागेको पोखरा महानगरका स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले बताए।

पोखरामा ट्राभल हिस्ट्री नभएकाहरूलाई समेत कोरोना संक्रमण देखिएको छ।

संक्रमित वा बाहिरबाट आएका मानिससँग सम्पर्कमा नभएका व्यक्तिलाई पनि संक्रमण देखिएकाले समुदायमा कोरोना फैलिएको आशंका बढेको आचार्यले बताए।

सामान्य रुघा, खोकी र ज्वरो आएका व्यक्तिलाई पनि अस्पताल भर्ना भएर स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उनले बताए।

प्रकाशित: Aug 20, 2020| 21:13 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।