बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाग्मतीमा ८० प्रतिशतभन्दा बढी कोरोना संक्रमित उपचाररत

बाग्मतीमा ८० प्रतिशतभन्दा बढी कोरोना संक्रमित उपचाररत

बाग्मती प्रदेशमा ८० प्रतिशतभन्दा बढी कोरोना संक्रमित उपचार गराइरहेका छन्।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं- बाग्मती प्रदेशमा ८० प्रतिशतभन्दा बढी कोरोना संक्रमित उपचार गराइरहेका छन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बाग्मतीमा बिहीबार साँझसम्म तीन हजार ७८४ जनालाई कोरोना पुष्टि भएकोमा तीन हजार ३५ जना अझै उपचार गराइरहेका छन्। यो बाग्मतीका कूल संक्रमित संख्याको ८०.२ प्रतिशत हो।

मन्त्रालयका अनुसार बाग्मतीमा बिहीबार साँझसम्म ७२४ जना कोरोनामुक्त भएका छन् भने २५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ।

बाग्मतीमा आज थप २०९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। थपिएका संक्रमितमध्ये काठमाडौंमा १७४, ललितपुरमा १९, भक्तपुरमा ८, धादिङ तथा दोलखामा दुई/दुई र नुवाकोट, चितवन, काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकमा एक/एक जना छन्।

प्रकाशित: Aug 20, 2020| 20:03 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।