धनगढी- कैलाली र कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
कञ्चनपुरको महाकाली नगरपालिका ३ दोधाराचाँदनीमा मोटरसाइकल अनियन्त्रित हुँदा त्यसमा सवार सोही ठाउँका २२ वर्षीय गगन सुनारको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार भारतीय नम्बरको एचआर २६ डीडी ५०४१ नम्बरको मोटरसाइकल रुखमा ठोक्किँदा मोटरसाइकल चालक १९ वर्षीय करन बुढा क्षेत्री घाइते भएका छन्।
उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।
यता, कैलालीमा मोटरसाइकलको ठक्करबाट वृद्धा घाइते भएकी छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिकाको मसुरियामा से १ प ९५६८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वडा नम्बर ५ को अण्डैया बस्ने ८० वर्षीया शोभा भाट घाइते भएको प्रहरीले जनाएको छ। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
चालक घोडाघोडी नगरपालिका ९ का रामबहादुर बोहरा र मोटरसाइकल इलाका प्रहरी कार्यालय, मसुरियाले नियन्त्रणमा लिएको छ।
