बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध होऊन्’

‘निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध होऊन्’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन् भन्ने कामना गरेको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन् भन्ने कामना गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै यस अवधिमा सरकारले कोरोना निषेधको क्षमता युद्धस्तरमा बढाओस् भन्ने पनि कामना गरे।

‘चैत्र महिनादेखिको लकडाउनमा देशले कोरोनाविरुद्धको संघर्ष भन्दा सत्ताको द्वन्द्व, भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका एवम् विवादास्पद अभिव्यक्तिहरु बढी सुन्यो, देख्यो र भोग्यो’ विज्ञप्तिमा भनिएको छ, ‘निषेधाज्ञाको अबको चरणमा यी बिषयलाई निषेध गरेर अघि बढ्ने इच्छाशक्ति र सामर्थ्य देशले खोजेको छ।’

लकडाउन या निषेधाज्ञा आफैँमा समाधान होइनन्, भन्ने पुष्टि हाम्रै निकट अतितको १ सय २० दिन लामो लकडाउनले गरिसकेको औंल्याउँदै कांग्रेसले यिनीहरु केवल रक्षात्मक रणनीति मात्रै भएकाले कोरोनाविरुद्धको संघर्षलाई चुस्त बनाउन यो स्थितिको उपयोग गर्ने अधिकतम् क्षमता सरकारले प्रस्तुत गर्न सक्नुपर्ने जनाएको छ।

विगतमा गरिएका कमजोरी र गल्तीहरुबाट पाठ सिकेर युद्धस्तरमा कार्य गर्ने स्थितिको विकास जारी निषेधाज्ञाको समयमा गरियोस् भन्नेमा कांग्रेसले जोड दिएको छ।

प्रतिकुल वातावरणबीच अग्रस्थानमा अटिएका स्वास्थ्कर्मी, सफाईकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई आवश्यक पर्ने भौतिक सामग्रीदेखि मनोवैज्ञानिक सहजतासम्मको सम्पूर्ण सहजिकरणमा कुनै सम्झौता नगरी कार्य गर्न कांग्रेसले सरकारलाई अपिलसमेत गरेको छ।

निषेधाज्ञा लम्बिन सक्ने स्थितिमा श्रमिक, विद्यार्थी, बेरोजगार युवा, एकल महिला, अपांगता भएका नागरिक आदिलाई हातमुख जोर्न संकट पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै समयमै योजना निर्माण गरिराख्नु जिम्मेवार राज्यको कर्तव्य रहेकोसमेत कांग्रेसले ध्यानाकर्षण गराएको छ।

सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ भन्ने मान्यता पुनः दोहोर्याउंदै कांग्रेसले कोरोना विरुद्धको संघर्षमा संयम, सशक्तता र एकताका लागि सरकार र समुदायमा हार्दिक अपिलसमेत गरेको छ।

प्रकाशित: Aug 20, 2020| 17:25 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।