बिहीबार, भदौ ११, २०८३

पवित्रामाथि एसिड प्रहार गर्नेहरु कारागार चलान

ओखलढुंगाकी पवित्रा कार्कीलाई काठमाडौंको सीतापाइलामा एसिड प्रहार गर्ने दुई जना कारागार चलान भएका छन्।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं- ओखलढुंगाकी पवित्रा कार्कीलाई काठमाडौंको सीतापाइलामा एसिड प्रहार गर्ने दुई जना कारागार चलान भएका छन्।

जिल्ला अदालत काठमाडौंले बिहीबार दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। न्यायाधीश कृष्णजंग शाहको इजलासले थुनछेक बहस गर्दै कार्कीमाथि एसिड हान्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

अदालतले एसिड प्रहारबाट घाइते कार्कीको उपचारमा राहतकोषबाट २ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराउन पनि आदेश दिएको छ।

यसअघि एसिड प्रहार गर्नेहरुलाई कारगार पठाए पनि मुद्दाको फैसलापछि मात्रै क्षतिपूर्ति दिने गरिन्थ्यो।

तर यसपटक अदालतले सुरुवाती सुनुवाइमै पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको हो। उक्त मुद्दामा निशुल्क बहस गरेकी अधिवक्ता राधिका खतिवडाले सुरुवाती सुनुवाइमै राहतकोषबाट क्षतिपूर्ति दिने आदेशले पीडितलाई उपचारमा सजिलो हुने बताइन्।

उक्त मुद्दाको थुनछेक बहसका लागि पीडितको तर्फबाट १ सय जना कानुन व्यवसायीले वकालतनामा पेश गरेका थिए। तर अधिवक्ताहरु राधिका खतिवडा, नानीबाबु बुढाथोकी, शान्तिराम खतिवडा, कुमार घिमिरे, दीपबहादुर कार्की, भुवन निरौलासहितले बहस गरे।

यस्तै सरकारी वकिल चपला पोखरेल पनि बहसमा सहभागी थिइन्।

हाल कीर्तिपुर अस्पतालमा उपचाररत पवित्रालाई कोठाबाट दही किन्न निस्किएको बेलामा एसिड हानिएको थियो।

पवित्रालाई एसिड हानेलगत्तै भागेका उनीहरुलाई महानगरीय प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोलीले केही घण्टामै समातेको थियो।

प्रकाशित: Aug 20, 2020| 17:05 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।