बिहीबार, भदौ ११, २०८३

कर्णाली प्रदेशमा फेरि थपिए ३३ संक्रमित

कर्णाली प्रदेशमा आज थप ३३ जनामा कोरोना पुष्टि भएको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आज थप ३३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार सबैभन्दा धेरै दैलेखका १८ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ७, पर्साका ३, बाराका २ तथा बाँकेका ३ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै सुर्खेत, कालिकोट, रुकुम पश्चिम, अछाम, महोत्तरी र काठमाडौंका १–१ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका विभिन्न स्थानीय तहका ७ जनामा कोरोना पुष्टि भएको छ।

अहिले थपिएका ३३ जनासहित कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २ हजार १६३ पुगेको छ।

जसमध्ये १ हजार ९४५ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।

प्रदेशमा अहिलेसम्म कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।

प्रकाशित: Aug 20, 2020| 16:45 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।