काठमाडौं– बिहीबार ४ जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ, हुम्ला र भोजपुरमा हाल सक्रिय संक्रमित छैनन्।
६ जिल्लामा भने ५०० भन्दा बढी संक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार काठमाडौं, पर्सा, महोत्तरी, रौतहट, मोरङ र सर्लाहीमा सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या छ।
