बिहीबार, भदौ ११, २०८३

पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा ७०७ जना नयाँ संक्रमित थपिएका छन्।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ७०७ जना नयाँ संक्रमित थपिएका छन्।

योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ६४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ८२० जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। यो सहित हालसम्म नेपालमा ५ लाख ६६ हजार २२० जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ छ। जसमध्ये संस्थागत आइसोलेसन ८ हजार ८३ जना रहेका छन्। बाँकी ३ हजार ७७२ जना होम आइसोलेसनमा छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६४ जना डिस्चार्ज भएका छन्। यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९६४ छ।

नेपालमा काेराेना संक्रमणबाट पछिल्लाे २४ घण्टामा ६ जनाकाे मृत्यु भएकाे छ। याेसहित काेराेनाबाट नेपालमा मृत्यु हुनेकाे कुल संख्या १२६ पुगेकाे छ।

प्रकाशित: Aug 20, 2020| 16:25 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।