काठमाडौं उपत्यकामा आज (बिहीबार) २०० जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १७४ जना, ललितपुरका १८ जना र भक्तपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २ हजार ६७८ पुगेको छ। यीमध्ये काठमाडौंका २ हजार ६२, ललितपुरका ३७६ र भक्तपुरका १७७ जना छन्।
केही दिनयता काठमाडौंमा दैनिक सयभन्दा बढी संक्रमित थपिइरहेका छन्।
हिजो बुधबार काठमाडौंका १३४ जना, ललितपुरका १७ जना र भक्तपुरका ८ जनामा संक्रमण पुष्टि भएको थियो।
