शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पर्साका सबै स्थानीय तहमा फैलियो कोरोना, उपचारका लागि अस्पतालमा ठाउँ छैन

पर्साका सबै स्थानीय तहमा फैलियो कोरोना, उपचारका लागि अस्पतालमा ठाउँ छैन

पर्सा जिल्लामा संक्रमितको संंख्या बढिरहँदा अस्पतालमा विरामीलाई राख्ने ठाउँ अपुग भएको छ। अस्पतालका आईसीयू बेडहरु भरिभराउ छन्।
 |  बिहीबार, भदौ ४, २०७७
nespernesper

जियालाल साह

जियालाल साह

बिहीबार, भदौ ४, २०७७

vianetvianet

वीरगञ्ज- पर्सा जिल्लामा संक्रमितको संंख्या बढिरहँदा अस्पतालमा विरामीलाई राख्ने ठाउँ अपुग भएको छ। अस्पतालका आईसीयू बेडहरु भरिभराउ छन्।

triton college

जिल्लाका सबै गाउँ/नगर पालिकामा कोरोना संंक्रमण फैलिइसकेको छ। त्यसमाथि कोरोनोको जस्तो लक्षण देखिएका विरामीलाई अस्पतालले भर्ना नलिंदा अन्य रोगका विरामीले पनि उपचार अभावमा ज्यान गुमाउनु परेको छ ।

चिकित्सक आफै संक्रमित हुनथालेपछि स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ।

जनप्रतिनिधि पनि धमाधम संक्रमित

वीरगंज नरपालिकाका मेयर विजय सरावगी कोरोना पुष्टि भएपछि काठमाडौंंको मेडिसिटी अस्पतालमा उपचाररत छन् भने घरमै आइसोलेसनमा रहेका सांसद प्रदीप यादव कोरोनामुक्त भइसकेको छन् ।

National life insurance

त्यस्तै पर्सागढी नगरपालिकाका मेयर लोकनरायण यादवको पनि काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भईरहेको छ ।

यसैगरी बहुदरमाई नगरपालिका मेयर नितेन्द्र साह संक्रमित भएर होम आईसोलेसनमा छन्। यस नगरपालिकामा मात्रै तीन वटा वडाका एकसय बढी संक्रमित छन्।

वीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला, स्वास्थ्य अधिकृत अरुण महतो, सरसफाई अधिकृत सुनिल कर्ण, वीरगंज कारागारका जेलर श्रवण पोखरेल, नेपाली कांग्रेसका नेता अजय चौरसिया, वीरगंज महानगर वडा नम्बर १२ का वडा अध्यक्ष रामदरस प्रसाद लगायत संक्रमित भएका छन् ।

नारायणी अस्पतालमा कार्यरत मात्रै ५७ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् ।

पर्सामा अहिलेसम्म १ हजार ६९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तर, व्यापकमात्रामा परीक्षण हुने हो भने संंक्रमितको संंख्या योभन्दा कैयौं गुणा बढी हुने सम्बन्धित क्षेत्रका जानकारहरु बताउँछन्। जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ।

उपचार अभावमा मृत्यु

साउन १७ यता मात्रै ८ जनाको उपचारको अभावमा ज्यान गएको छ । ८ जनामध्ये ६ जनाको मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना संंक्रमण पुष्टि भएको छ भने अन्य दुई जनामा कोरोनाको संंक्रमण नरहेको पुष्टि भएको छ।

अर्थात १३ वर्षीय सुशीलकुमार साह र १७ वर्षीय अनिसकुमार गुप्तामा अन्य स्वास्थ्य समस्या रहेको र समयमा उपचार नपाउँदा मृत्यु भएको हो। किनभने यी आठै जना सिकिस्त भएपछि वीरगंजका विभिन्न अस्पताल लग्दा कसैले उपचार गर्न नमानेपछि मृत्यु भएको थियो ।

२४ साउनमा छपकैयाकी २० वर्षीया युवती विष्णु लामाको उपचार अभावमा मृत्यु भएको थियो । मृतककी दिदी सुनिता घिसिङका अनुसार विरामी विष्णुको अवस्था घरमै गम्भीर भैसकेपछि उनलाई उपचारका लागि राति ११ बजेदेखि वीरगंजको एडभान्स मेडिकेयर हस्पिटल लगियो तर अस्पतालले आईसीयु बेड नभएको भन्दै भर्ना गर्न नमानेपछि वीरगंजको नारायणी

अस्प्ताल हुँदै नेशनल मेडिकल कलेज, तराई हस्पिटल, एल.एस न्यूरो लगायत आधा दर्जन अस्पतालमा पालैपालो पुर्‍याइयो । तर कसैले भर्ना लिन मानेनन। 

अन्तिममा नारायणी अस्पतालको अस्थाई कोभिड अस्पताल गण्डकका इन्चार्ज डा. उदय नारायण सिंहलाई भनसुन गरेर गण्डक कोभिड अस्पतालको गेटमा पुग्दा सम्म विहानको ४ बजिसकेको थियो । ‘चिकित्सकले ट्रलीमा राख्दै गर्दा बहिनी वितिसकेकी थिइन्,’ लामा भन्छिन् ।

नेशनल मेडिकल कलेजले छपकैयाकी विष्णु लामा, बारागढीका १३ वर्षीय सुशीलकुमार साह, रामटोल वीरगंजका १७ वर्षीय अनिसकुमार गुप्ता र नगवाकी कलावती देवीको उपचार गर्न मानेको थिएन। उनीहरु चारै जनाको मृत्यु भएको छ।

तर, नेपाल मेडिकल काउन्सिलले साउन २५ गते वीरगंजका गण्डक कोभिड अस्पताल, वीरगंज हेल्थ केयर, नारायणी अस्पताल, एडभान्स हस्पिटल, नारायणी वयोधा हस्पिटलसँग स्पष्टिकरण माग गरे पनि अन्य अस्पतालसँग सोधपुछसम्म गरेको छैन।

आफ्नो राजनीतिक पहुँचका आधारमा नेशनल मेडिकल कलेज जस्ता अस्पतालहरु मनोमानी गरिरहेका छन्।

प्रकाशित: Aug 20, 2020| 16:20 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।