बिहीबार, भदौ ११, २०८३

नेकपा कार्यदलको बैठक बालुवाटारमा जारी

सत्तारुढ दल नेकपाभित्र देखिएको विवाद समाधान गर्न गठिन कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाभित्र देखिएको विवाद समाधान गर्न गठिन कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

सचिवालय र स्थायी कमिटी बैठक बस्ने भवनमा कार्यदलको बैठक अहिले बसिरहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिए।

पार्टीभित्रको विवाद समाधानको सुझाव दिन नेकपाले गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो। गत बिहीबार र शुक्रबार दुई अध्यक्षबीचको छलफलपछि कार्यदल गठन गरिएको थियो।

सचिवालयका अन्य नेताहरुले कार्यदलको वैधानिकताका विषयमा आपत्ति जनाएपछि सोमबार बसेको सचिवालयको बैठकले कार्यदललाई अनुमोदन गरेको थियो। कार्यदल गठन भएयता विभिन्न चरणमा बैठक बसेर पार्टीभित्र देखिएको विवाद समाधानको सुत्र खोज्ने प्रयास भइरहेको छ।

कार्यदलले प्रतिवेदन दुवै अध्यक्षलाई बुझाएपछि त्यसलाई पार्टी कमिटीको बैठकमा पेश गरिने छ। स्रोतका अनुसार कार्यदलले छिट्टै प्रतिवेदन बुझाउने तयारी गरेको छ।

प्रकाशित: Aug 20, 2020| 15:49 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।