बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अत्यावश्यक वस्तु तथा सेवाका सवारीसाधनमा कुनै अवरोध छैन : डीआईजी पोखरेल

अत्यावश्यक वस्तु तथा सेवाका सवारीसाधनमा कुनै अवरोध छैन : डीआईजी पोखरेल

‘कहीँकतै समस्या भए पनि सहजीकरण गरिसकिएको छ।’
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं– कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि उपत्यकामा जारीे निषेधाज्ञामा अत्यावश्यक वस्तुको विक्री वितरण तथा सेवा सञ्चालनमा कुनै अवरोध नहुने प्रहरीले जनाएको छ।

बिहीबार बिहान अत्यावश्यक वस्तु तथा सेवासम्बन्धी केही सवारी साधन सञ्चालनमा रोक लगाइएको गुनासो आएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले अत्यावश्यक वस्तु तथा सेवा सञ्चालनमा अवरोध नभएको बताए।

‘हामीले अत्यावश्यक वस्तु तथा सेवाका सवारी रोकेका छैनौं,’ उनले भने, ‘कहिँ कतै समस्या भए पनि सहजीकरण गरिसकिएको छ।’

खाद्यवस्तु, पानी, पेट्रोलियम पदार्थ, ग्यास, औषधी बोकेका सवारी, फोहर मैला संकलन, एम्बुलेन्स लगायत कुनैपनि सवारी साधनहरु सञ्चालनमा अवरोध नभएको डिआइजी पोखरेलले जानकारी दिए।

त्यस्ता वस्तु तथा सेवा सञ्चालन र वितरणका लागि खटिनुपर्ने कर्मचारीका लागि सम्बन्धित संंस्थाबाट जारी परिचय पत्र तथा आवश्यक कागजात भए अवरोध नहुने पनि उनले जानकारी दिए।

 

प्रकाशित: Aug 20, 2020| 15:30 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।