काठमाडौं- काठमाडौंको जडिबुटी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ७ का धनबहादुर कार्की छन्।
साथमा रहेको मतदाता परिचयपत्रका आधारमा मृतकको पहिचान भएको प्रहरीले जनाएको छ।
जडिबुटी चोकको आकासे पुल मुनीबाट बाटो काट्दै गरेका एक जनालाई ना ६ ख २९१७ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
