बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैंकका कर्मचारी परिचयपत्रका आधारमा आवतजावत गर्न सक्ने, होल्ड गरिएका छुटे

बैंकका कर्मचारी परिचयपत्रका आधारमा आवतजावत गर्न सक्ने, होल्ड गरिएका छुटे

अबदेखि बैंकका कर्मचारीहरू कार्यालयको परिचप पत्रका आधारमा आवतजावत गर्न सक्ने भएका छन्।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं– अबदेखि बैंकका कर्मचारीहरू कार्यालयको परिचप पत्रका आधारमा आवतजावत गर्न सक्ने भएका छन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवले बैंकका कर्मचारीलाई आवतजावतमा कुनै समस्या नहुने जानकारी दिए।

यसअघि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले अत्यावश्यक सेवाका साथै बैंकका कर्मचारी पनि परिचय पत्रका आधारमा आवतजावत गर्न सक्ने निर्णय गरेका थिए।

तीन प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि बैंकर्स संघले उपत्यकाभर एक बैंकले आठ शाखा खोल्ने निर्णय गरेको थियो।

तर निर्णय विपरीत आज बिहान कार्यालय हिँडेका धेरै कर्मचारीका मोटरसाइकल तथा गाडी प्रहरीले नियन्त्रणमा लिएको थियो। अहिले नियन्त्रणमा लिइएका बैंकर्सका सवारी साधन छोडिएको एसएसपी यादवले जानकारी दिए।

कर्मचारी कार्यालयसम्म पुग्न नपाएपछि आज तोकिएका शाखा पनि खोल्न नसकिएको बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले नेपाल समयलाई जानकारी दिए।

उनले भने, ‘आज सेवा प्रवाह हुन सकेको छैन, भोलिदेखि सेवामा अवरोध नहुने गरी प्रहरी कार्यालयबाट लिखित प्रतिबद्धता पर्खिरहेका छौं।’

प्रकाशित: Aug 20, 2020| 13:38 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।