काठमाडौं- नेपाल मेडिकल काउन्सिलले भदौ ७ गतेदेखि तय भएको चिकित्सक दर्ता (लाइसेन्स) परीक्षा स्थगित गरेको छ। काठमाडौं लगायतका स्थानमा कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी भएपछि काउन्सिलले परीक्षा स्थगित गरेको हो।
काउन्सिलले सूचना जारी गर्दै स्थिति सहज भएपछि परीक्षा गर्ने जनाएको छ। परीक्षा विभिन्न उपकेन्द्रहरुबाट लिने र परीक्षाको मिति र केन्द्र पछि नै तोकिने जनाएको छ।
