बिहीबार, भदौ ११, २०८३

'तपाईंको मास्क खै ?'

समुदायमा कोरोना संक्रमण बढिरहेका बेला लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले भैरहवाका टोलटोलमा तपाईंको मास्क खै ? लेखेका ब्यानर लगाउन थालेको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

भैरहवा- समुदायमा कोरोना संक्रमण बढिरहेका बेला लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले भैरहवाका टोलटोलमा तपाईंको मास्क खै ? लेखेका ब्यानर लगाउन थालेको छ।

ग्रिनसिटीले सर्वसाधारणलाई कोरोनाको जोखिमबारे सचेत गराउन यस्तो अभियान चलाएको लायन्स क्लब अफ ३२५ बिटु का स्ट्राटेजिक चिफ नवराज न्यौपानेले बताए।

ग्रिनसिटीका अध्यक्ष शिवनाथ गुप्ताले लकडाउन भए पनि मान्छेहरु साँझबिहान मास्क नलगाई बाटो र चोकतिर हुल बाँधेर हिँडिरहेको भन्दै उनीहरुलाई सचेत गराउन र मास्क लगाउन उत्प्रेरित गर्न ब्यानरिङ गरिएको बताए।

भैरहवाका अञ्चललपुर, बर्मेली टोल, लुम्बिनी रोड, मिलनचोक, मेउडिहवा मेडिकल कलेज, आँखा अस्पताल, देवकोटा चोक, जनकपथ, एअरपोर्ट, बसपार्क, बेलहिया जस्ता भिडभाड हुने ३० ठाउँ छनोट गरेर मास्क खै ? भन्ने ब्यानर टाँसिएको क्लबका तृतिय उपाध्यक्ष मनोज क्षेत्रीले बताए।

लायन्स क्लब अफ भैरहवा ग्रिन सिटी केही दिनअगाडि क्यान्सर पीडित मनोज गिरिलाई ५१ हजार रुपैयाँ सहयोग गर्दै स्थापना भएको हो।

५३ जना सदस्य रहेको उक्त क्लबले कोभिड १९ को न्यूनीकरणमा स्थानीय सरकार, प्रदेश सरकार, जिल्ला संकट व्यवस्थापन समितिसँग सहकार्य गरेर काम गर्ने तयारी गरेको क्लबका प्रथम उपाध्यक्ष गोविन्द प्रसाद गिरिले बताए।

प्रकाशित: Aug 20, 2020| 13:01 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।