बिहीबार, भदौ ११, २०८३

जेलभित्रै बसेर अवैध हतियारको कारोबार

महानगरीय अपराध महाशाखाको टोलीले दुई थान पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं– महानगरीय अपराध महाशाखाको टोलीले दुई थान पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

नुवाकोट शिखरबेसी–६ बस्ने २७ वर्षीय विकेश पण्डितलाई हतियारसहित र उनलाई हतियार ओसार्न लगाउने नुवाकोट लिफु गाउँपालिका–१ बस्ने २८ वर्षीय अमर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार पण्डितलाई काठमाडौंको माछापोखरीबाट र तामाङलाई उनकै घरबाट पक्राउ गरिएको हो। पण्डितको साथबाट मेड ईन युएसए लेखेको दुई थान पेस्तोल, दुई थान म्याग्जिन र दुई थान गोली बरामद भएको थापाले जानकारी दिए।

पण्डितकै बयानका आधारमा तामाङलाई पक्राउ गरिएको हो। तामाङले उक्त हतियार हाल हातहतियार खरखजाना मुद्दामा कारागारमा रहेका धनुषा धारापानीका ३६ वर्षीय शम्भु कार्कीको भएको बयान दिएका छन्।

तामाङ डाका मुद्दामा ६ वर्ष दुई महिना कैद भुक्तान गरी गत फागुनमा छुटेको खुलेको छ। कार्कीले पनि उक्त हतियार हाल लागुऔषध मुद्दामा कारागारमा रहेका धादिङ खाल्टेका २९ वर्षीय राजकुमार गुरुङलाई राख्न दिएको खुलेको थापाले बताए।

‘हतियारको मुख्य कारोवारी शम्भु नै रहेको खुलेको छ,’ थापाले भने, ‘जेलभित्रैबाट हतियार राख्न र दिन आदेश दिने गरेको देखिन्छ।’

राजकुमारले पनि उक्त हतियार बालाजुको एक होटल साहुलाई राख्न दिएको खुलेको थापाले बताए। होटल साहुले बिनोद भन्ने युवकले भनेका आधारमा बिकेशलाई दिएको बयान दिएको थापाले जानकारी दिए।

यसरी हेर्दा अबैध हतियार कारोवारमा अरुको पनि संलग्नताको अनुमान प्रहरीले गरेको छ। अबैध हातहतियार ओसारपसार कार्यमा संलग्नहरुको खोजीकार्य भैरहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Aug 20, 2020| 12:44 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।