बिहीबार, भदौ ११, २०८३

दुई हजार डलरको ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ घोषणा

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ।

अनेसास वोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीका अध्यक्षतामा अगष्ट १९ मा अमेरिकामा बसेको बैठकले नेपाली साहित्यका काव्यविधामा प्रकाशित पुस्तकमध्ये उत्कृष्ट पुस्तकका लागि प्रदान गर्ने गरी सो पुरस्कारको स्थापना तथा घोषणा गरेको हो ।

हरेक दुई वर्षमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका जन्मजयन्तीका अवसरमा प्रदान गरिने उक्त पुरस्कारको राशि दुई हजार अमेरिकी डलर रहेको अनेसास वोर्ड अफ ट्रस्टीका कोषाध्यक्ष राम लामा ‘अविनाशी’ले जानकारी दिए।

उक्त पुरस्कारका सम्बन्धमा विस्तृत कार्यविधि तथा निर्देशिका तयार गर्न कार्यसमितिले पुरस्कार समितिलाई जिम्मेवारीसमेत दिइसकेको छ। सो काव्य पुरस्कार पहिलोपटक सन् २०२१ मा देवकोटा जयन्तीका अवसरमा प्रदान गरिने अनेसासले जनाएको छ ।

प्रकाशित: Aug 20, 2020| 12:08 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।