बिहीबार, भदौ ११, २०८३

गण्डकीमा थपिए ६ जना कोरोना संक्रमित

पोखरा महानगरपालिकाका तीन जनासहित गण्डकी प्रदेशमा बिहीबार बिहान थप ६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

पोखरा- पोखरा महानगरपालिकाका तीन जनासहित गण्डकी प्रदेशमा बिहीबार बिहान थप ६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये कास्कीका तीन, तनहुँका दुई र स्याङ्जाका एक जना छन्।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ का १४ वर्षीय बालक तथा १६ वर्षीय युवती र वडा नम्बर ८ का ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ।

यस्तै, तनहुँको भानु नगरपालिकाका २८ र ३७ वर्षीय पुरुष र स्याङ्जाको गल्याङ नगरपालिकाकी ४० वर्षीय महिला कोरोना संक्रमित भएका छन्।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा उनीहरुलाई कोरोना संक्रमण देखिएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ। निर्देशनालयका अनुसार गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ हजार ८१८ पुगेको छ।

प्रकाशित: Aug 20, 2020| 11:25 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।