बिहीबार, भदौ ११, २०८३

निषेधाज्ञा तोडेको भन्दै बैंकका कर्मचारी पनि रोकिए

निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बैंकका कर्मचारीलाई पनि रोकेको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं- निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बैंकका कर्मचारीलाई पनि रोकेको छ।

स्थानीय प्रशासनले बैंक तथा वित्तीय संस्थालाई अत्यावाश्यक क्षेत्रमा राखेर खुल्ला गर्ने निर्णय गरे पनि केही स्थानका प्रहरीले कर्मचारीलाई बाटोमै रोकेका हुन्। 

बैंकका कर्मचारी छाड्न कुनै निर्देशन प्राप्त नभएकाले रोकिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताए।

कर्मचारीहरु रोकिएपछि नेपाल बैंकर्स संघले आज बैंकका ताेकिएका शाखा खोल्न नसक्ने बताएकाे छ। नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले सबै शाखा नखुल्ने जानकारी दिए। यसअघि एउटा बैंकले आधा कर्मचारी राखेर उपत्यका भित्र ८ शाखा खोल्ने निर्णय भएको थियो। 

बैंकका कर्मचारीलाई परिचयपत्र देखाएर आउजाउ गर्न दिने गरि बुधबार तीनै जिल्लाका सिडियोहरुसँग सहमति भएको थियो। 

कर्मचारी रोकिएपछि आज यी तोकिएका शाखा पनि सबै खुलेका छैनन्। कर्मचारी नरोकिएका स्थानका केही शाखा भने खुलेका छन्।

 

प्रकाशित: Aug 20, 2020| 10:58 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।