बिहीबार, भदौ ११, २०८३

घरघरमा दीपावली गर्न कर्णाली प्रदेश सरकारको आग्रह

कर्णालीवासीलाई आज घरघरमा दीपावली गर्न कर्णाली प्रदेश सरकारले आग्रह गरेको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

सुर्खेत- कर्णालीवासीलाई आज घरघरमा दीपावली गर्न कर्णाली प्रदेश सरकारले आग्रह गरेको छ।

‘प्रदेश स्थापना दिवस तथा सहिद दिवस’का अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्त भएको ऐतिहासिक दिनलाई सरकारी कार्यालय र घरघरमा दीपावली गरेर खुसीयाली मनाउन मनाउन आग्रह गरेका हुन्।

“कोरोना भाइरस (कोभिड– १९)ले सिर्जना गरेको परिस्थितिले गर्दा यस ऐतिहासिक दिनलाई व्यापक हर्षोल्लासका साथ मनाउन सक्ने अवस्था हाम्रा सामु छैन, त्यसैले भौतिक दूरी कायम राख्दै सरकारी कार्यालय तथा आ–आफ्नो घरमा दीपावली लगायतका कार्यक्रमहरु गरी यो दिवस मनाउन आग्रह गर्छु,” मुख्यमन्त्री शाहीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ।

संघीय संरचना निर्माणका क्रममा कर्णाली र सुदूरपश्चिम एउटै प्रदेशको रुपमा कायम गरिएपछि त्यसको विरोधमा कर्णाली छुट्टै प्रदेश हुनुपर्ने माग गरी १३ आन्दोलन चलेको थियो। उक्त आन्दोलनमा चार जनाको ज्यान गएको थियो।

उक्त आन्दोलनकै कारण २०७२ भदौ ४ गते कर्णाली प्रदेश स्थापना भएकाले प्रदेश सरकारले आजको दिन प्रदेश स्थापना र सहिद दिवस मनाउने गरेको छ।

प्रकाशित: Aug 20, 2020| 09:27 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।