बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १७ जना यात्रु बोकेर दार्चुला जाँदै गरेको हाइस बैतडीमा पल्टियो

१७ जना यात्रु बोकेर दार्चुला जाँदै गरेको हाइस बैतडीमा पल्टियो

महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरैको हाइस बैतडीमा पल्टिएको छ । दशरथचन्द राजमार्ग अन्तरगत जिल्लाको पाटन नगरपालिका–६, लामाखेतमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

बैतडी- महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरैको हाइस बैतडीमा पल्टिएको छ ।

दशरथचन्द राजमार्ग अन्तरगत जिल्लाको पाटन नगरपालिका–६, लामाखेतमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्।

महेन्द्रनगरबाट दार्चुला जानेक्रममा बा ३ ख ९११७ नम्वरको हाइस बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए।

घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताउदै प्रहरी निरीक्षक किसन चन्दले उनीहरूलाई थप उपचारका लागि धनगढी पठाइएको बताए।

गम्भीर घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका ३५ वर्षीय शेरबहादुर सावद र दार्चुलाको शैल्यसिखर नगरपालिका ९ की २५ वर्षीया विसस्ना जोशी रहेको चन्दले बताए ।

समान्य घाइते रहेका नौ जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमाम उपचार भैरहेको छ उनले भने- 'दुर्घटनाको कारण भने खुलेको छैन्, चालकलाई नियन्त्रणमा लिएको छौ।'

प्रकाशित: Aug 20, 2020| 08:57 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।