बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शनिबारसम्मै झरीसँगै भारी वर्षा हुने, यी क्षेत्रमा बाढीको खतरा

शनिबारसम्मै झरीसँगै भारी वर्षा हुने, यी क्षेत्रमा बाढीको खतरा

हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू–भागका केही स्थानहरुमा वर्षा भइरहेको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं- काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा आगामी तीन दिन झरीसँगै वर्षा हुने भएको छ ।

मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभावका कारण आगामी तीन दिनसम्म झरीसँगै भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू–भागका केही स्थानहरुमा वर्षा भइरहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

उनका अनुसार आज (बिहीबार) को तुलानामा भोलि (शुक्रबार) र पर्सि (शनिबार) कम वर्षा हुने र केहि स्थानमा आकाश खुल्नेछ । यद्यपी भारी वर्षाको सम्भावना भने कायमै रहने छ ।

महाशाखाका अनुसार शुक्रबार मेघगर्जनसहित प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

शनिबार बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै भारी वर्षासँगै आज नारायणी, कर्णाली, महाकालीका सहायक नदीमा बहाव बढ्ने भन्दै सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ ।

आज कान्द्रा, मोहना, खुट्टिया, मछेली, सुहेली, चौधर, रंघुन लगायत दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, डोटी, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने खतरा रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित: Aug 20, 2020| 08:03 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।