काठमाडौं- कोरोना भाइरसले निम्त्याएको महामारीका कारण भारतमा झन्डै दुई करोड मानिसले आफ्नो रोजगारी गुमाएका छन्।
भारतीय संस्था सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमी (सीएमआईआई)का अनुसार यस वर्षको जुलाईमा मात्र मासिक तलब खाने करिब ५० लाखले रोजगारी गुमाएका छन्।
यसमा दैनिक ज्यालादारी मजदुरको संख्या समावेश छैन।
भारतमा कोरोनाले महामारीको रुप लिएको समय गत अप्रिलयता १ करोड ८९ लाखले नोकरी गुमाएको सीएमआईआईको तथ्यांक छ।
भारतमा कोरोना संक्रमण र मृत्यु दुवै बढ्दो क्रममा छ। दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् भने ५ सयभन्दा बढी मरिरहेका छन्।
आज (बिहीबार) बिहानसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या २७ लाख ६७ हजार नाघेको छ भने मृतकको संख्या ५३ हजार नाघेको छ।
