बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा कोरोना संक्रमण बढी देखिएका स्थानमा आइसोलेसन थप गरिने

प्रदेश १ मा कोरोना संक्रमण बढी देखिएका स्थानमा आइसोलेसन थप गरिने

प्रदेश १ मा कोरोना संक्रमण बढी भएका स्थानमा आइसोलेसन केन्द्र थप गरिने भएको छ ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

विराटनगर– प्रदेश १ मा कोरोना संक्रमण बढी भएका स्थानमा आइसोलेसन केन्द्र थप गरिने भएको छ ।

कोभिड–१९ संक्रमण नियन्त्रणका सम्बन्धमा सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा बुधबार साँझ बसेको बैठकले संक्रमण बढी देखिएका स्थानमा तत्काल आइसोलेसन केन्द्र थप गरिने निर्णय गरिएको हो ।

बैठकले आइसोलेसन केन्द्र थप गर्नका लागि तत्काल योजना बनाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । समूहगत संक्रमण नियन्त्रण गराउनका लागि लकडाउन प्रभावकारी बनाउने, सीमा सुरक्षालाई कडाइका साथ प्रभावकारी बनाइने, संक्रमण जोखिम क्षेत्रमा आवश्यक सुरक्षा सावधानी अपनाउने, होम आइसोलेसन र आइसोलेसन स्थलको व्यवस्थापन प्रोटोकल बमोजिम नियमित गर्ने निर्णय गरिएको छ ।

लक्षण देखिएकालाई उपचारका दायरामा ल्याउने र लक्षण नदेखिएकालाई आइसोलेसन र होम आइसोलेसनमा राख्न प्रवन्ध गरिने बैठकले निर्णय गरेको छ ।

बैठकमा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले विराटनगरमा २ हजार आईसोलेसन वेड आवश्यक रहेको बताए । संक्रमण बढेसँगै संक्रमित राख्ने ठाउँ नभएको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले विराटनगर, रंगेली र बुढीगंगालाई केन्द्रित गरी आइसोलेसन थप गर्नुपर्ने बताए ।

 

 

प्रकाशित: Aug 20, 2020| 06:48 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।