बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकारलाई बन्दाबन्दीमा जारी गरिएको सवारी पास प्रयोग गर्न आग्रह

पत्रकारलाई बन्दाबन्दीमा जारी गरिएको सवारी पास प्रयोग गर्न आग्रह

सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौं उपत्यकामा समाचार संकलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं- सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौं उपत्यकामा समाचार संकलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ।

विभागका शाखा अधिकृत वसन्तबहादुर खत्रीले सूचना जारी गर्दै उपत्यकामा समाचार संकलन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र विभागले यसअघि उपलब्ध गराएको सवारी पास प्रयोग गर्न आग्रह गरेका हुन्।

सवारीसाधन प्रयोग गर्दा प्रयोगकर्तालाई आफ्नो तस्बिरसहितको परिचयपत्र अनिवार्य लगाउनसमेत विभागले आग्रह गरेको छ।

सञ्चारगृहलाई अत्यावश्यक काममा मात्र प्रयोग गर्न र परिस्थितिजन्य अवस्थालाई समेत ध्यानमा राखी न्यूनतम सवारी साधनमात्र प्रयोग हुन विभागले अपिल गरेको छ।

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण बढ्दै गएपछिबधबार राति १२ बजेदेखि यही भदौ १० गतेसम्म काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन्।

प्रकाशित: Aug 19, 2020| 23:37 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।