बिहीबार, भदौ ११, २०८३

रौतहटमा पुजारीको गोली हानी हत्या

रौतहटमा बुधबार राति एक जना पुजारीको गोली हानी हत्या गरिएको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं– रौतहटमा बुधबार राति एक जना पुजारीको गोली हानी हत्या गरिएको छ।

माधवनारायण नगरपालिका–२ स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय राम साहको गोली हानी हत्या भएको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए।

‘अज्ञात समूहले पुजारीको गोली हानी हत्या गरेको छ,’ उनले भने, ‘हत्या कसले र किन गरेको खुलेको छैन। अनुसन्धान जारी छ।’

उनले मन्दिरमा खाना खाँदै गर्दा पुजारीमाथि गोली प्रहार भएको बताए। प्रहरीले हत्याराको खोजी तीव्र पारेको छ।

प्रकाशित: Aug 19, 2020| 23:34 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।