बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना रोकथाममा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीको निर्देशन

कोरोना रोकथाममा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि सबै संयन्त्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन्।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि सबै संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन्।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएसी) को बुधबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले संक्रमणको जोखिम बढ्दै गइरहेको भन्दै थप उच्च सतर्कता अपनाएर सबै संयन्त्र परिचालन निर्देशन दिएको बैठकमा सहभागी एक उच्च अधिकारीले जानकारी दिए।

ती अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले सीसीएमसीलाई संक्रमण रोकथामका लागि थप रणनीति र प्रभावकारी योजना बनाउनसमेत निर्देशन दिएका थिए।

प्रधानमन्त्रीले संक्रमण रोकथाम, नियन्त्रणका लागि भए गरेका काम र थप रणनीतिबारे सीसीएमसीमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुसँग छलफल गरेका थिए।

बैठक कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा थप रणनीति बनाउन बसेको भनिए पनि प्रधानमन्त्री ओलीले पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए।

‘संक्रमणको जोखिम बढिरहेको छ। रोकथाम र नियन्त्रणका लागि प्रभावकारी हिसाबले अघि बढ्नुपर्छ,’ प्रधानमन्त्रीलाई उधृत गर्दै एक सहभागीले भने, ‘सीसीएमसीलाई संक्रमण रोकथामका लागि थप रणनीति र प्रभावकारी योजना बनाउन निर्देशन दिनुभएको छ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंले बैठकमा औपचारिक कुनै निर्णय नभएको बताए।

‘प्रधानमन्त्रीज्यूले अहिलेसम्मको अवस्थाबारे विस्तृत जानकारी लिनुभएको छ,’ उनले भने, ‘सीसीएमसीको तर्फबाट पनि कोभिड–१९ संक्रमणको अवस्था, अब अपनाउनुपर्ने रणनीतिका बारेमा जानकारी दिइएको छ।’

बैठकमा सहभागी मन्त्रीहरुले आइसोलेसन केन्द्र र क्वारेन्टिन स्थलको अपुग भएको बताएका थिए।

सीसीएमसी संयोजक र पर्यटनमन्त्रीबीच विवाद

सीसीएसमी संयोजक एवम् उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईबीच प्रधानमन्त्री सहभागी भएको बैठकमै विवाद भएको थियो।

मन्त्री भट्टराईले आफूलाई समेत जानकारी नभई एक्कासि अलपत्र नागरिकलाई उद्धार गर्न तय भइसकेको चाटर्ड उडान स्थगित गरिएकोमा आपत्ति जनाएका थिए।

‘म विभागीय मन्त्री, सीसीएमसीको सदस्यलाई समेत थाहा नदिएर एकाएक उडान रोक्ने निर्णय गरियो,’ भट्टराईको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘आवश्यक छलफल र समन्वय नगरेर एकलौटी काम गर्ने?’

नेपाल एयरलाइन्सलाई यात्रु ल्याउन नदिने तर टर्किसलाई ल्याउन दिने सीसीएमसीको निर्णयप्रति भट्टराईले बैठकमै आपत्ति प्रकट गरेका थिए।

प्रधानमन्त्रीले यस विषयमा आवश्यक अध्ययन गरिने बताएका थिए।

विदेशबाट नेपालीलाई उद्धार गर्नका लागि सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा सीसीएमसीले सोमबार तत्काल अन्तर्राष्ट्रिय उद्धार उडान स्थगित गर्ने निर्णय गरेको थियो।

विदेशबाट फर्किएकाहरुले अनिवार्य होटलमा क्वारेन्टिनमा बस्नुपर्ने र तत्काल होटलमा क्वारेन्टिन सहज नभएको भन्दै उडान रोकिएको थियो।

प्रकाशित: Aug 19, 2020| 22:00 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।