बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंका सीडीओ दाहाल भन्छन्, ‘निषेधाज्ञा अटेरी गरे कडा कारबाही गर्छौ’

काठमाडौंका सीडीओ दाहाल भन्छन्, ‘निषेधाज्ञा अटेरी गरे कडा कारबाही गर्छौ’

आदेशको अटेर गर्नेलाई अवस्था हेरर ५०० रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद गर्न सकिने
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं– काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञा लकडाउन भन्दा कडा हुने भन्दै आदेशको अटेरी गरिए कडा कारबाही हुने बताएका छन्।

‘यो आदेशको कसैले उल्लंघन गर्छ भने संक्रामण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुन्छ,’ उनले आदेशको अटेर गर्नेलाई अवस्था हेरर ५०० रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद गर्न सकिने बताए।

‘अलिकति कडा भएर प्रस्तुत नहुने हो भने त भोली भयावह स्थिति देखिने नै भयो,’ उनले भने, ‘हामीसँग आइसोलेसन सेन्टरको अभाव छ। अस्पतालको अभाव छ। संक्रमितहरु समुदायमा बस्नुपरेको स्थिति छ। होम आइसोलेसनमा बस्नु परेको स्थिति छ।’

निषेधाज्ञालाई खुकुलो बनाउने हो भने अवस्था भयावह हुने भन्दै प्रजिअ दाहालले आज ३ गते राति १२ बजेदेखि १० गते राति १२ बजेसम्म आदेश कडा रुपले लागू हुने बताए।

उनले जात्रा, मेला, भिडभाड हुने पर्व, कार्यक्रम, सेमिनार, सभासम्मेलन लगायत कुनै पनि गतिविधि गर्न नपाइने बताए।

अत्यावश्यक सेवा अन्तर्गतका कार्यालयहरु पनि न्यूनतम कर्मचारी बोलाएर मात्रै सेवा प्रवाह गर्न भनिएको बताए।

‘सरकारी कार्यालय बन्द चाहिँ भएका छैनन्। बाणिज्य तथा आपूर्ति, औषधिका संस्था, फोहरमैला संकलनका संस्था सुचारु गर्नका लागि न्यूनतम कर्मचारीहरु पनि कार्यालय प्रमुख आफैंले तोक्ने र सेवा आलोपालोबाट गर्नलाई छुट दिइएको उनले प्रष्ट पारे।

‘कर्मचारीहरु आवागमनको हकमा पास जारी गर्ने व्यवस्था छैन। किनभने पासको व्यवस्थाले पनि मानिसहरुको भीड बढने भयो,’ उनले भने,‘कार्यालयको हकमा कार्यालयले जारी गरेको फोटोसहितको पत्र भए पुग्यो। कार्यालयहरुले कम भन्दा कम कर्मचारी बोलाएर काम गर्नुपर्‍यो।’

जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञामा औषधी, खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन भनिएको छ।

यस्तै, अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै व्यापार-व्यवसाय बन्द गरिने छ।

अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक काठमाडौंमा सवारीसाधन भित्रिन दिइने छैन। जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन पनि बन्द हुनेछन्।

कोभिड-१९ को संक्रामण जोखिम नियन्त्रण, सोको रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनुपर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा जान-फर्कन पर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम् कर्मचारी संख्या निर्धारण गरी परिचयपत्रको आधारमा सवारीसाधन सञ्चालन गर्न पाउने छन्। उनीहरूका लागि बिहान ९ देखि साढे १० र अपराह्न ३ देखि साँझ ५:३० सम्म आवागमन का लागि साधन चलाउन दिइने छ।

अत्यावश्यकीय वस्तु, सेवा अन्तर्गत पर्ने औषधी, खाद्यान्न, फलपूल, ग्यास, इन्धन, दुग्ध, विद्युत, सञ्चार, मृत्यु संस्कार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, अस्पताल जाने आउने बिरामीलगायतलाई सवारीसाधन चलाउन दिइने छ।  

प्रकाशित: Aug 19, 2020| 17:04 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।