बिहीबार, भदौ ११, २०८३

बाढीपीडितलाई उद्धार र राहत प्रदान गर्न रावलको माग

नेकपा स्थायी कमिटी सदस्य डा. भीम रावलले अछाममा पहिरो र बाढीका कारण भएको जनधनको क्षतिको यथार्थ विवरण संकलन गरी पीडित परिवारलाई राहत प्रदान गर्न माग गरेका छन्।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं– नेकपा स्थायी कमिटी सदस्य डा. भीम रावलले अछाममा पहिरो र बाढीका कारण भएको जनधनको क्षतिको यथार्थ विवरण संकलन गरी पीडित परिवारलाई राहत प्रदान गर्न माग गरेका छन्।

अछाम क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका रावलले बुधबार विज्ञप्ति जारी गर्दै विस्थापितहरुलाई बसोबासको व्यवस्था गर्न तथा क्षतिग्रस्त सडक एवम् भौतिक संरचनाको पुनर्निर्माणका लागि अध्ययन र योजना आरम्भ गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले प्रदेश सरकार र स्थानीय तहलाई पनि राहत र उद्धारमा खटिन आग्रह गरेका छन्।

रावलले मृतकहरुप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

‘प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र केन्द्रीय विपद् व्यवस्थापनसम्बन्धी कार्यालयका प्रमुख, अछाम जिल्ला प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरिएको छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

किनिमिनी तालबाट निस्केको खोलामा आएको बाढी तथा किमिडिकाँध औलाघाटमा गएको पहिरोका कारण कैलाश खोलामा बाढीले रामारोशन गाउँपालिका–५ मा १८ जना बेपत्ता भएका थिए। तीमध्ये ७ जनाको शव भेटिएको छ भने ११ जनाको खोजी कार्य जारी छ।

प्रकाशित: Aug 19, 2020| 16:47 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।