बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य मन्त्रालयद्वारा आपतकालीन समयको लागि स्वास्थ्यकर्मी माग

स्वास्थ्य मन्त्रालयद्वारा आपतकालीन समयको लागि स्वास्थ्यकर्मी माग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाका लागि स्वास्थ्यकर्मीको माग गरेको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाका लागि स्वास्थ्यकर्मीको माग गरेको छ। कोरोना संक्रमित बढ्दै गएपछि मन्त्रालयले आपतकालीन कामकाजको लागि स्वास्थ्यकर्मीको माग गरेको हो।

कोभिड–१९ को स्वास्थ्य आपत्कालीन अवस्थाका लागि भन्दै मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहसम्मका स्वास्थ्य संस्था, आइसलेसन तथा क्वारेन्टिनमा रहेका बिरामीहरुका लागि जनशक्ति परिचालन गर्न स्वास्थ्यकर्मीको माग गरेको हो।

मन्त्रालयले सूचना जारी गर्दै डाक्टर, नर्स, पारामेडिक्स लगायतका स्वास्थ्यकर्मीलाई ५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। आवेदन मन्त्रालयको वेबसाइटमा उपलब्ध छ।

आवेदकले फारम भरी मन्त्रालयको mohp.emergency@gmail.com आवेदन फारम भरी पठाउन अनुरोध गरेको छ।

प्रकाशित: Aug 19, 2020| 16:40 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।