काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ३९ जिल्लाका ६८१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। तीमध्ये २१६ महिला र ४६५ जना पुरुष छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा बढी १३४ जना र पर्सामा १०८ जना संक्रमित थपिएका छन्।
यस्तै मोरङमा ६९ जना, रूपन्देहीमा ५२ जना र सुनसरीमा ३६ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
पछिल्लो २४ घण्टामा झापामा १६, ओखलढुंगामा एक, पाँचथरमा एक जना संक्रमित थपिएका छन्।
प्रदेश २ आठैवटा जिल्लामा कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन। सप्तरीमा १३, सिरहामा १९, धनुषामा २८ जना संक्रमित थपिएका छन्।
महोत्तरीमा १२, सर्लाहीमा १९, बारामा १५ र रौतहटमा चार जना संक्रमित थपिएका छन्।
प्रदेश ३ काे भक्तपुरमा आठ, ललितपुरमा १७ र धादिङमा एक जनामा कोरोना संक्रमण भएको छ।
चितवनमा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ।
गण्डकी प्रदेशका गोरखामा तीन, कास्कीमा पाँच, लमजुङमा तीन, पूर्वी नवलपुरासीमा १२ र तनहुँमा चार जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
प्रदेश ५ को कपिलवस्तुमा ६, पश्चिम नवलपरासीमा एक, पाल्पामा एक, दाङमा तीन र प्यूठानमा दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस्तै बाँकेमा १८ र बर्दियामा दुई जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।
कर्णाली प्रदेशका सल्यानमा १७, डोल्पामा एक, जुम्लामा नौ, सुर्खेतमा १३ र दैलेखमा चारजनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिमका कैलालीमा तीन, अछाममा तीन, डोटीमा चार जना कोरोना भाइरस संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।
