बिहीबार, भदौ ११, २०८३

आज ६८१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कोरोनाका कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कोरोनाका कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ५२२ जनाकाे पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ५ लाख ५४ हजार ३८८ जनाकाे पीसीआर नमुना परीक्षण गरिएकाे छ।

हाल विभिन्न क्वारेन्टिनमा १३ हजार ५७१ जना बसिरहेका छन्। पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ७०० रहेको छ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ११८ छ। तीमध्ये ७ हजार ९८७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने अरु घरमै रहेका छन्।

नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १२० पुगेकाे छ।

प्रकाशित: Aug 19, 2020| 16:25 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।