बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाका मृतकको संख्या १२० पुग्यो, ६ जना संक्रमित भेन्टिलेटरमा

कोरोनाका मृतकको संख्या १२० पुग्यो, ६ जना संक्रमित भेन्टिलेटरमा

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु पुष्टि भएपछि मृतकको कुल संख्या १२० पुगेको हो।

देशभरका अस्पतालका आईसीयूमा १३१ जना कोरोना संक्रमित आईसीयूमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १० जना, प्रदेश २ मा ४६ जना, बागमतीमा ५७ जना, गण्डकीमा ६ जना र प्रदेश ५ मा १२ जना संक्रमित आईसीयूमा छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने एक जना पनि संक्रमित आईसियूमा छैनन्।

त्यसैगरी ६ जना संक्रमित भेन्टिलेटरमा छन्। ती सबै बागमती प्रदेशमा छन्।

आजको दिनमा ११ हजार ११८ जना कोरोना संक्रमित आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा ७ हजार ९८७ जना र होम आइसोलेसनमा ३ हजार १३१ जना संक्रमित छन्। 

संस्थागत आइसोलेसनमा प्रदेश १ मा १ हजार ६० जना, प्रदेश २ मा २ हजार ३७ जना, बागमतीमा २ हजार ६७९, गण्डकीमा २८८, प्रदेश ५ मा ४, कर्णालीमा २४५ र सुदूरपश्चिम प्रदेशमा ८३० जना संक्रमित छन् ।

त्यस्तै होम आइसोलेसनमा प्रदेश १ मा २०५ जना, प्रदेश २ मा ५ हजार ५४५, बागमतीमा १११, गण्डकीमा २७, प्रदेश ५ मा २०४, कर्णालीमा ११ र सुदूरपशिचममा २८ जना छन्। संक्रमितको संख्या बढ्दै गएपछि सरकारले होम आइसोलेसनको अनुमति दिएको हो।

पछिल्लो २४ घण्टामा देशभर ६८१ जना कोरोना संक्रमित थपिएका छन्।

हाल देशर सक्रिय संक्रमितको संख्या ११ हजार ११८ छ।

प्रकाशित: Aug 19, 2020| 16:22 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।